सुनको भाउ आज १७ सय रुपैयाँले घट्यो

काठमाडाैं | जेठ २१, २०८०

सुनको भाउ आज १७ सय रुपैयाँले घट्यो

काठमाण्डाै:   सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घटेको छ । लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । अस्ति तोलामा १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको सुनको भाउ आज १ लाख ११ हजार ६ सय रुपैयाँमा झरेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि थपघट भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  अस्ति ताेलाको १ लाख १३ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ अघिल्लो दिन बिहीवार १ लाख १२ हजार ५ सय रुपैयाँ थियो । बुधवार तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो ।

 

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्